skip to Main Content

Press Release

गैर आवाशीय नेपाली संघ युके

कोभिड १९ उद्धार तथा राहत कोष सङ्कलन एवं परिचालन सम्बन्धी

कार्यविधी निर्देशीका २०२०

कोरोना भाइरस (कोभिड १९) को महामारीबाट प्रभावित भएका बेलायतमा रहेका नेपालीहरुलाई आवस्यक सहयोग गर्न उद्धार तथा राहत कोष स्थापना गरि पारदर्शी रुपमा संचालन गर्न गैर आवासीय नेपाली संघ संयुक्त अधिराज्य को विधान २००५ (संसोधित २०१७ ) को धारा २०.२५ ले दिएको अधिकार प्रयोग गरी गैर आवासीय नेपाली संघको अन्र्तराष्ट्रिय कार्यकारी सचिवालयले जारी गरेको कोभिड १९ राहतकोष सम्वन्धी कार्यविधी २०२० अनुसार यो कार्यविधी निर्देशीका बनाई लागु गरिएको छ ।

 

१          सम्क्षिप्त नाम तथा प्रारम्भ

१.१       यो निर्देशीकाको नाम कोभिड १९ उद्धार तथा राहत कोष सङ्कलन एवं परिचालन सम्बन्धी

कार्यविधी निर्देशीका २०२० रहने छ ।

१.२       गैर आवासीय नेपाली संघ युकेको कार्य समितीको बैठकले पारित गरे पछि (१२ अप्रील २०२०) बाट यो             निर्देशीका लागु हुनेछ ।

 

२          उद्धार तथा राहत सम्बन्धमा गरिने कार्यहरु

२.१       कोरोना भाइरस र यसको प्रभाव कम गर्ने र बच्ने उपायका बारे जन चेतना जगाउने ।

२.२       कोरोना भाइरसको महामारीबाट बच्न सम्भव हुन सक्ने आवस्यक न्युनतम स्वास्थ्य सामाग्री उपलव्ध गराउने ।

२.३       बेलायतमा रहेका र कोरोना भाईरसबाट अति प्रभावित नेपालीहरुलाई जीवन रक्षाका लागि अत्यावस्यक राहत सहयोग पुर्याउने ।

२.४       नेपाललाई कोरोना भाइरस सम्बन्धि समस्या संग जुध्न सहयोग पुर्याउन अन्तराष्ट्रिय समन्वय परिषद संग समन्वय गर्ने ।

२.५       बेलायतमा रहेका नेपालीहरुलाई उद्धार, राहत, सहयोग लगायतका क्षेत्रमा नेपाली राजदुतावास तथा बेलायतमा रहेका संघ सस्था संग समन्वय गर्ने ।

 

३.         कार्यसमितीको निर्णय अनुसार कार्य विभाजन हुने

कोभिड १९ उद्धार तथा राहत कार्य लाई प्रभावकारी तरीकाले सन्चालन तथा परिचालन गर्न आर्थिक तथा अन्य सहयोगको संकलन परिचालन लगायत विविध कार्य गर्न कार्यसमितीको निर्णय अनुसार कार्य विभाजन हुनेछ । यस्तो कार्य विभाजन कार्यसमितीले आवस्यकता अनुसार फेरवदल वा थपघट गर्न सक्ने छ । कार्य समिती तथा कार्य विभाजन अन्र्तगत जिम्मा पाएका विभिन्न विभागहरुले यो निर्देशीका बमोजिम कार्य गर्नु पर्ने छ ।

 

४          तथ्याङ्क संकलन गर्ने सम्बन्धमा

४.१       बेलायत तथा नेपालको प्रचलित कानुन (General Data Protection Regulation) प्रतिकुल नहुने गरी । ब्यक्तीको ब्यक्तीगत विवरण बाहेक कोरोना भाइरसबाट प्रभावित नेपालीहरुको तथ्याङ्क संकलन गर्न सकिने छ ।

४.२       यस्तो तथ्याङ्क गैर आवासिय नेपाली संघ युकेले तोकेको आधिकारीक प्रणाली मार्फत मात्र संकलन गरिने छ । यसका लागि संघले तोकेका हेल्पलाइनमा प्राप्त सुचना तथा अन्य विश्वसनिय श्रोत बाट आएका    सुचनालाइ मात्र आधिकारीक मानिने छ ।

४.३       यस्तो तथ्याङ्क संकलनका क्रममा वा यस निर्देशीका बमोजिम सहयोग लिदा, दिदा वा सोधपुछ आदिका क्रममा प्राप्त भएको ब्यक्तीगत विवरण सम्बन्धित ब्यक्तीको स्पष्ट अनुमति विना कहि कतै प्रयोग गरिने छैन ।

४.४       यसरी प्राप्त भएको ब्यक्तिगत विवरण, प्रयोजन सकिने वित्तीकै नष्ट गरिने छ ।

४.५       ब्यक्तिगत विवरण बाहेकका अन्य तथ्याङ्क भने गैर आवासीय नेपाली संघ बेलायतको कोभिड १९ राहत तथा सहयोग सम्बन्धी कार्यक्रमको प्रयोजनको लागि मात्र प्रयोग गरिने छ ।

 

५          कोषको स्थापना गर्ने सम्बन्धमा

५.१       सहयोग सङ्कलन गर्न सकिने

बेलायतमा कोभिड १९ को प्रभाबमा परेका नेपालीहरुलाइ सहयोग गर्नका लागि कोभिड १९ उद्धार तथा राहत कार्य सन्चालन गर्न, कोषको आवस्यक पर्ने भएकोले संघले विभिन्न संघ संस्थाहरु, गैर आवासीय नेपालीहरु, मातहतका निकायहरु तथा अन्य दाताहरुबाट आर्थिक तथा अन्य सहयोग संकलन गरी कोषको स्थापना गरिनेछ ।

५.१       (क)      अन्तराष्ट्रिय संघ संस्थाहरु तथा बेलायतका सार्वजनीक निकाय तथा संघ संस्थाहरुबाट यस अभियाकका लागि सहयोग लिन सकिनेछ ।

 

५.२       राष्ट्रिय समन्वय परिषदको मातहतमा रहने ।

गैर आवासीय नेपाली संघको अन्र्तराष्ट्रिय कार्यकारी सचिवालयले जारी गरेको कार्यविधी २०२० ले निर्दिष्ट गरे अनुसार कोभिड १९ उद्धार तथा राहत कोष कार्य समितीका अध्यक्ष र कोषाध्यक्षको मातहतमा रहने छ । कोष सम्वन्धी अन्य ब्यावस्था यस निर्देशीका बमोजिम कार्यसमितीको निर्णय अनुसार हुनेछ ।

 

५.३       बैक मार्फत मात्र सहयोग लिइने ।

कोषका लागि आर्थिक सहयोग संकलन गर्दा, गैर आवासीय नेपाली संघ युकेको बैक खातामा वा संघले तोकेको अनलाइन प्रणालीबाट सोझै संघको बैक खातामा प्राप्त हुने गरी मात्र सकलन गर्न सकिने छ ।

 

५.४       स्वास्थ्य सामाग्री तथा जिन्सी सहयोग लिन सकिने

कोभिड १९ को प्रभावमा परेकाहरुलाई सहयोग गर्नका लागि आवस्यक पर्ने औषधि उपकरण वा अन्य राहत तथा उद्धार सामाग्री समेत सहयोग स्वरुप स्वीकार गर्न सकिने छ । यसरी स्वीकार भएको सहयोगको मौद्रिक मुल्य कायम गरी र सहयोग सामाग्री समेत उल्लेख गरी सहयोग अभिलेखिकरण गरिनेछ । यस प्रकारको सहयोगका सन्दर्भमा माथि नियम नं ५.३ को नियम लागु हुने छैन ।

 

५.५       राष्ट्रिय समन्वय परिषदको मातहतमा मात्र सहयोग संकलन गरिने

कोभिड १९ उद्धार तथा राहत कोषका लागि सहयोग संकलन गर्दा अन्तराष्ट्रिय सचिवालयले जारी             गरेको कार्यविधीले निर्दिष्ट गरे अनुसार राष्ट्रिय समन्वय परिषदको मातहतमा केन्द्रिकृत रुपमा मात्र      सहयोग संकलन गरिने छ । यसरी सहयोग सङ्कलन गर्दा मातहतका राज्य समन्वय परिषद हरुलाई          समेत परिचालन गरिने छ ।

 

६          कोष परिचालन तथा राहत सहयोग वितरण सम्बन्धमा 

६.१       परिचालन समितीले निर्णय लिने

कोभिड १९ उद्धार तथा राहत कोषबाट सहयोग परिचालन गर्न राष्ट्रिय समन्वय परिषदका अध्यक्षको संयोजकत्वमा परिषदका सबै पदाधिकारीहरु तथा स्वास्थ्य विभागका संयोजक, अर्थ संकलन अभियानका संयोजक तथा राज्य समन्वय परिषदका अध्यक्षहरु सदस्य रहेको, एक समिती रहने छ । समितीले बेलायत भरी सहयोगको क्षेत्र, सहयोग आवस्यक परेका ब्यक्तिहरु र सहयोगको परिमाणका बारेमा निर्णय गरि सहयोग परिचालन गर्ने छ । राज्य समन्वय परिषदका अध्यक्षहरुको भुमीका भने आआफनो राज्य क्षेत्रका सम्वन्धमा मात्र सिमित हुनेछ । यो समितीको निर्णय कार्य समितीलाई जानकारी गराईने छ ।

 

६.२       पिडितहरु लाई अत्यावस्यक सहयोग गरिने ।

बेलायतमा रहेका र कोरोना भाईरसबाट प्रभावित भएका नेपालीहरुलाई मापदण्ड र समस्याको गाम्र्भियतालाई मध्य नजर गरी जिवन रक्षाकालागि आवस्यक पर्ने न्युनतम सहयोग पुर्याउन संघको क्षमता अनुसार सहयोग गरिनेछ ।

मापदण्ड

क)        कोरोना भाइरसका कारण विरामी परेका वा मृत्यु भएका परिवार ।

ख)        सेवारत तथा निवृत्त ब्रिटीस गोरखा शैनिक परिवारका बयोबृद्ध सदस्यहरु ।

ग)        नेपाल बाट भ्रमण, अध्ययन रोजगार वा ब्याबसायका लागि बेलायत आई खानबस्न समेत समस्या परि विचल्लीमा परेका नेपालीहरु ।

घ)        सम्पत्ती, आम्दानी वा रोजगार गुमाएर कहि कतैबाट सहयोग नपाउने अबस्था भै खानबस्न समेत समस्या परि विचल्लीमा परेका नेपालीहरु ।

ङ)         बेलायतको अध्यागमन प्रणाली अन्र्तगत आवासीय अनुमति लिने प्रकृया पुरा नभै सकेका र खानबस्न समेत समस्या परि विचल्लीमा परेका नेपालीहरु ।

च)        समितीले आवस्यक ठानेका स्वास्थ्य लगायत अन्य क्षेत्रहरु ।

 

६.३       अत्याबस्यक सहयोग मात्र गरिने

क)        कोरोना भाइरसका कारण बेलायतमा कुनै पनि नेपालीको मृत्यु भएमा अन्तिम संस्कारका लागि प्राप्त हुने सहयोग नमिल्ने भएमा वा अप्रयाप्त भएको जानकारी सहित निवेदन आएमा, संघले आफ्नो तर्फबाट बढिमा ५०० पाउण्ड सम्म सहयोग गर्न सक्नेछ । यदि अन्तिम संस्कारका लागि आवस्यक नभएको अवस्थामा पनि बाँचेका परिवारहरुको अवस्था आर्थिक रुपमा अत्यन्त कमजोर भएको पाइएमा परिवारलाई तत्काल राहतका लागि सहयोग गरिनेछ ।

ख)        कोरोना भाइरसको संक्रमणको खतरामा रहेका नेपालीहरुलाई यसबाट बचाउन विभिन्न स्वास्थ्य सामाग्रीहरु (माक्स स्यानीटाइजर लगायत ) सम्भव भए सम्म जुटाइ हस्तान्तरण गरिने छ ।

ग)        अत्यन्तै विचल्लीमा परेकाहरुलाई तत्काल जीवन रक्षाका लागि आवस्यक पर्ने भएमा न्युनतम सहयोग स्वरुप (कम्तिमा ५ किलो चामल १ किलो दाल १ किलो चिनी अन्य परिस्थिती अनुसार अन्य अत्यावस्यक तथा सरसफाई सामाग्री) का लागि  तत्काल सहयोग गरिने छ । यस्तो सहयोग गर्दा राहत सामाग्री हस्तान्तरण गर्न ब्याबाहारीक हुने अवस्थामा समन्धित पक्षलाई नै ति सामाग्री खरिद गर्न बैक मार्फत सहयोग पठाई तोकिएका सामाग्री किनेको विल भरपाइका लागि अनुरोध गर्नु पर्नेछ ।

घ)        सहयोगको परिमाणका सम्बन्धमा पिडितको अवस्था र संघको क्षमता अनुसार समितीले आवस्यक निर्णय लिनेछ ।

 

 

६.४       पिडितलाई सहयोग गर्नु पहिले पिडितहरुलाई दृघकालिन रुपमा सहयोग पुर्याउनका लागि तिनीहरुलाई             सहयोग गर्न सक्ने विभिन्न निकायहरुबाट सहयोग लिनका लागि सहयोग तथा प्रोत्साहन गर्नु पर्नेछ ।

 

६.५       यस निर्देशीका बमोजिम सहयोग उपलब्ध गराउदा संघको बैक खाता मार्फत सोझै पिडित वा सम्वन्धित ब्याक्तिको खातामा वा सम्वन्धित पक्षको नाममा बैकचेक जारी गरेर मात्र गर्नु पर्नेछ । बैकचेक मार्फत सहयोग हस्तान्तरण गर्नु पर्ने भएमा अर्धकट्टी सहित सहयोग लिने पक्षको नाममा जारी भएको चेकको छाया प्रति बनाई अभिलेखमा राख्नु पर्नेछ ।

 

६.६       संघले कोभिड १९ उद्धार तथा राहत कार्यक्रम संचालन गर्दा बेलायत स्थित नेपाली राजदुतावास तथा अन्य संघ संस्थासंग समन्वय तथा सहकार्य गरिने छ ।

 

७          विविध

 

७.१       यस कोभिड १९ उद्धार तथा राहत कार्यक्रमका लागि संकलन भएको सहयोग तथा संघले कोरोना भाइरसबाट पिडित नेपालीहरुलाई उपलब्ध गराएको सहयोग सम्बन्धी विवरण कोषाध्यक्ष मार्फत प्रत्यक २ हप्ताको एक पटक अनिवार्य रुपमा सार्वजनिक गरिने छ ।

 

यसरी जानकारी गराउदा सहयोगीहरु र सहयोगको विवरण पुर्ण रुपमा खुलाई सार्वजनिक गर्नु पर्नेछ । यस अभियानमा सहयोग गर्ने प्रतिबद्धता गरि समयमा बैक खातामा सहयोग रकम जम्मा नगरिएको विवरण समेत असुल हुन बाँकि भनेर खुलाई सार्वजनिक गर्नु पर्ने छ ।

 

७.२       राहत तथा उद्धारका लागि कुनै सामाग्री खरिद गनु पर्ने भएमा सुलभ मुल्य र गुणस्तर लाई मुल्याङ्कन गर्दै कम भन्दा कम मुल्य बोलकवोल गरिएका तिन मध्य एक विक्रेता बाट मात्र खरिद गर्नु पर्नेछ । यस्तो खरिदको विल भरपाई र बोलकवोलको विवरण अभिलेखमा दुरुस्त राख्नु पर्नेछ ।

 

७.३       यस अभियान अन्र्तगत सहयोग सकलन, परिचालन वा वितरणका क्रममा कहि कतै कसैले अनियमितता गरेको, पिडितको विवरण तलमाथि गरेको, सहयोग सम्बन्धित पिडित समक्ष नपुर्याइ अन्यथा गरेको वा जानजान यस कार्यविधी निर्देशीकाको उलंघन गरेको पाईएमा त्यस्तो गर्ने गैर आवासीय नेपाली संघको पदाधिकारी वा सदस्य उपर अनुसन्धान गरी दोषी ठहरेमा यसबाट पर्न गएको क्षति निजवाट असुल उपर गरी निजलाई कम्तिमा एक बर्ष सम्म संघको पन्जीकृत सदस्य बन्न अयोग्य हुने गरी कारवाही गरी अनिमितता र कारवाहीको बेहोरा संघको सामाजिक संजाल मार्फत सार्वजनिक गरिने छ । यस्तो कारवाही गर्दा विधान अनुसार एक स्वतन्त्र समिती बनाई छानविन गरिने छ भने, दोषीलाई उचित स्पष्टिकरण र प्रतिरक्षाको मौका दिइने छ ।

 

७.३       कोरोना भाइरसको महामारीबाट प्रभावितहरुलाई उद्धार तथा सहयोग गर्ने कार्य भै सके पछि यदि उद्धार तथा राहत कोषमा रकम बाँकी रहन गएमा उक्त रकम संघको च्यारीटी (मानव कल्याण) कोष अन्र्तगत रहने छ ।

 

८          परिभाषा ब्याख्या

८.१       संघ भन्नाले गैर आवासीय नेपाली संघ बेलायतलाई जनाउने छ ।

८.२       समिती भन्नाले यस निर्देशीकाको ६.१ अन्र्तगत गठीत समितीलाई जनाउने छ ।

८.२       यस निर्देशीकाको सम्वन्धमा कुनै विवाद भएमा संघका राष्ट्रिय समन्वय परिषद मातहतको कानुनी परामर्श विभागको ब्याख्या लाई अन्तिम ब्याख्या मानिनेछ ।

 

समितीको मिती १२ अप्रील २०२० को बैठकबाट पारित ।  

 

error: Content is protected !!
Back To Top