skip to Main Content

Notice

गैर आवासीय नेपाली संघ बेलायत (NRNA UK) को सदस्यता सम्बन्धी अत्यन्तै जरुरी सुचना!

गैर आवासीय नेपाली संघ बेलायत को आगामी सेप्टेम्बर १४ तारिक २०१९ मा हुने नवौ राष्ट्रिय महा अधिबेशन तथा कार्य समितीको समितीमा निर्वाचनमा भाग लिन यस भन्दा पहिले यस कार्य समितीले बिभिन्न पत्र – पत्रीका तथा अन्य संचार माध्यम हरुमा कार्य समिती को मिड्ल्यान्ड मा २२ अप्रिल २०१९ तारिक मा बसेको नियमित दशौ बैठक देखी जनामासमा सुचना प्रकासित गरी सकेको छ । सदस्यता मुलत: अनलाइन बाटै बन्नु पर्ने हुन्छ जस्को लागि www.nrnauk.org मा गै सदस्यता सम्बन्धी आवस्यकिय सुचना तथा कागजाज हरु उपलब्ध गराउन हुन अनुरोध छ तर ब्यवहाँरिक कठिनाईलाई सेमत ध्यानमा राख्दै कागजी फारम (नया – नबिकरन) समेत लाई मान्यता दिने कार्य समितीको निर्णय रहेको जानकारी गराउदछौ । यस सम्बन्धी सबै सुचना हरु सस्थाको वेबसाइटमा उपलब्ध गराइएकोले यसै लाई अधिकारिकरुपमा लिनु हुन सेमत आग्रह गरिन्छ ।

सदस्यता सम्बन्धी नियमावली:

१) सदस्यता प्राप्त गर्न इच्छुक र योग्य महानुभावहरुले सदस्यता मुलत: अनलाइेन बाटै बन्नु पर्ने हुन्छ जस्को www.nrnauk.org लागी मा गै सदस्यता सम्बन्धी आवश्यकिय सुचना तथा कागजाज हरु उपलब्ध गराउनु पर्ने हुन्छ ।

२) ब्यवहारिक कठिनाइ लाई सेमत ध्यानमा राख्दै कागजी फारम (नया नबिकरन) समेत लाई मान्यता दिने कार्यसमितीको निर्णय रहेको जानकारी गराउदछौ ।

३) यदी कागजी फारम भर्नु भएको अवस्थामा आवश्यकिय दस्तुर र कागजाज सहित NRNA UK को कार्यलय Empire Hall, High Street, Aldershot, GU11 1DJ मा ३१ जुलाई २०१९ साझ ८ बजे भित्र आई पुग्नु पर्ने छ । सो उप्रान्त सदस्यता फारम हरु यस पटकको अधिबेशनमा चुन्नु र चुनिने मान्य हुने छैन ।

४) सदस्यता सुल्क £१० (१० पाउन्ड) प्रती ब्यक्ती (दुई बर्षको लागि परीचय पत्र सहित) कायम गरिएको छ । सो सुल्क सस्थाको नाम मा रहेको बैंक खाता Lloyds Bank, Sort Code: 30-99-88, Account No: 54502768 मा डेबिड कार्ड वा पेपाल देखी पेमेन्ट गर्नु सक्नु हुने छ । साथै NRNA UK सस्थाको नाममा पोस्टल अर्डर, चेक वा नगदै जम्मा गर्नु पर्ने छ । चेक वा पोस्टल अर्डर बैंकमा जम्मा भएको रुजु भए पस्चात मात्र सो सदस्यता नामावली प्रकासित गरिने छ ।

५) २ बर्ष भन्दा बढी यु के मा बसोबास गरेको नेपाली नागरिकत वा नेपाली मुलका बिदेशी नागरिक (दक्षिण एसियाली मुलुक बाहेकको) प्रमाणित हुने कागजाज:
New membership को लागि (नयाँ सदस्यता बन्नको लागि)

क. ID Card (परीचय पत्र) (यि तलको मध्य कुनै एक)

Ø नेपाली/ ब्रिटिस राहदानी को प्रतीलिपी

Ø Full/Provisional Driving License को प्रतीलिपी (Utility bill पेस गर्नु नपर्ने)

Ø Biometrics Card Issued by Home Office को प्रतीलिपी

Ø नेपाल सरकार ले जारी गरेको एन आर एन एन कार्ड को प्रतिलिपी

Ø MOD (Minister of Defence) ID Card

ख. Address Proof –

Ø Utility Bills (यि मध्य कुनै एक) – Gas, Electric, Water, Council Tax, GP Letter, Pension Credit Letter, Bank Statement, Driving License (३ महिना भित्रको हुनु पर्ने)

ग. पास्पोर्ट साइज को फोटो x1 (Latest Passport Size Photo x1)

नबिकरणको लागि (Renewable membership)

Ø एन आर एन ए यु के को सदस्यताको (२०१७ – १९) प्रतिलिपी, पासपोर्ट साइजको फोटो सहित फारम भरी आवश्यकिय दस्तुर सहित NRNA UK को कार्यलय Empire Hall, High Street, Aldershot, GU11 1DJ मा ३१ जुलाई २०१९ साझ ८ बजे भित्र आई पुग्नु पर्ने छ ।

६) निर्वाचनको दिन आधीकारीक परिचय पत्र (माथी उल्लेखित) को सक्कल देखाएर मात्र मतदानमा भाग लिन पाउने छ ।

७) कुनै ब्यक्तीको सहमती बिना अन्य कुनै ब्यक्तिले सदस्यताको लागि आवदेन दिन पाउने छैन ।

८) सदस्यको संपर्क ठेगना आफु बस्ने स्थानको हुनु पर्ने छ । कुनै सस्था वा सार्वजनिक स्थलको मान्य हुने छैन ।

९) निर्वाचन सम्बन्धी सुचना निर्वाचन समितीले छुट्टै प्रकासित गर्ने छ ।

तोकिएको अनुसार सदस्यता बन्नु हुन अनुरोध छ । माथि उल्लेखित नियमानुसार प्राप्त नभएको आबेदन खारेज हुने हुँदा आबेदक स्यम जिम्मेवार हुने समेत प्रस्ट पार्दछौ । यदी कसैको सदस्यता को योग्यता सम्बन्धी उजुरी परेमा सदस्यता प्रमाणीकरण समितीले छानबिन गरी टुग्याउने छ । धन्यवाद

योग कुमार फगामी
अध्यक्ष
गैर आवासीय नेपाली संघ बेलायत

Back To Top