skip to Main Content

एनआरएनए यूकेले आयोजना गरेको चित्रकला प्रतियोगितामा ४६ बालबालिका बाट ९२ सिर्जना प्राप्त

प्रतियोगितामा सहभागीमध्ये एक साढे २ वर्षीया बालिका खुशी खराल । गैरआवासीय नेपाली संघ (एनआरनएनए) यूकेले आयोजना गरेको चित्रकला प्रतियोगितामा बेलायतभरका ४६ जना बालबालिकाले भाग लिएका छन् । चित्रकला पठाउन तोकिएको समयभित्र ४६ बालबालिकाका ९२ सिर्जना प्राप्त भएको एनआरएनए यूकेले जनाएको…

Read More

एनआरएनए यूकेले महामारीको बेला नेपालीमा महिला पर्ने असरबारे ११ जूलाईमा सेमिनार गर्ने : मन्त्री, सांसद सहभागी हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले कोराना महामारी पछि नेपाली महिला समुदायमा परेको प्रभावको बारेमा अन्तराष्ट्रिय सेमिनार गर्ने भएको छ । संघकी अध्यक्ष पुनम गुरुङ्गका अनुसार आगामी शनिवार विहान (११ बजे बेलायती समय) जुम प्रविधी मार्फत सो सेमिनारको आयोजान गर्न लागिएको…

Read More

एनआरएनए यूकेले सात वटै प्रदेशमा अक्सिजन मेसिन सहयोग गर्ने

एनआरएनए यूकेले नेपालका सात वटै प्रदेशमा अक्सिजन मेसिन सहयोग गर्ने भएको छ । आइतबार सम्पन्न कार्यसमितिको अनलाइन बैठकले कोभिड १९ विरुद्धको लडाईंमा सहयोग गर्ने उद्धेश्यले हरेक प्रदेशमा दुईवटा अक्सिजन मेसिन प्रदान गर्ने निर्णय गरेको हो । सहयोगको संयोजन गर्ने जिम्मा…

Read More

एनआरएनए र दूतावासको सहयोगमा १४६ जना नेपालीहरु स्वदेश फर्किए

 लन्डन । कोरोना महामारीका कारण बेलायतमा अडकिएका १ सय ४६ जना आज बुधबार नेपालका लागि उडेका छन् । उनीहरु बिगत ४ महिनादेखि नेपाल जान पाएका थिएनन् । १ सय ४६ जना नेपाली अहिले लन्डनको गेटविक एयरपोर्टबाट जजिरा एयरलाइन्समार्फत् नेपाल उडेको…

Read More

एनआरएनए युके र नेपाली दूतावासको पहलमा बेलायतमा रोकिएका नेपालीहरु २४ र २६ जुनमा नेपाल फर्कदै

लण्डन। कोरोना भाइरसका कारण लामो समय देखि वेलायतमा लकडाउनमा परेका नेपालीहरुको लागि स्वदेश फर्किनेबाट खुलेको छ। नेपाली दूतावास लण्डनका अनुसार जुन २४ र २६ का दिन दुई वटा चार्टर विमानले यहाँ अलपत्र परेका नेपालीहरुलाई लिएर नेपाल उड्ने निश्चित भएको हो।…

Read More

एनआरएनए यूके द्वारा भूमि अतिक्रमणको विरोधमा भारतीय प्रधानमन्त्रीलाई ज्ञापनपत्र

भारतले नेपाली भूमि अतिक्रमण गरेकोमा विरोध जनाउँदै एनआरएनए यूकेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापनपत्र पठाएको छ । सोमबार दिउंसो एकै समयमा अल्डरसट, मिडल्यान्ड, स्कटल्यान्ड, वेल्स र नर्दन आयरल्यान्डसहित पाँच छुट्टाछुट्टै स्थानबाट उक्त ज्ञापनपत्र पठाइएको छ । नयाँ दिल्लीस्थित भारतीय प्रधानमन्त्रीको…

Read More

स्कटल्याण्डबाट भूमि अतिक्रमणको विरोधमा ज्ञापन पत्र

स्कटल्याण्ड।  भारतद्वारा  नेपाली  भूमि अतिक्रमणको विरोधमा  स्कटल्याण्डका नेपालीहरुको  तर्फ बाट  भारतीय राजदूतावासलाई  बिरोध ज्ञापन  पत्र  बुझाइएको छ। गैरआवासीय नेपाली संघ  युकेको परिपत्र अनुसार गैरआवासीय नेपाली संघ  युकेको  उपाध्यक्ष  मोहन कार्की, राज्य परिषद स्कटल्याण्ड  अध्यक्ष छवि अर्याल लगायतको टोलीले पोष्ट  अफिस…

Read More

गैरआवासीय नेपाली संघ बेलायतले भारतद्वारा नेपाली भूमी अतिक्रमण को बिरोधमा बेलायतमा ज्ञापन पत्र बुझाउदै

गैरआवासीय नेपाली संघ बेलायतले भारतद्वारा नेपाली भूमी अतिक्रमण गर्दै सडक समेत निर्माण गरेको परिप्रेक्षमा यसको विरोध गर्दै लन्डनस्थित भारतीय हाइ कमिसनमा विरोधपत्र सम्प्रेषण गर्ने कार्यक्रम आयोजना गरेको छ । कोरोना लकडाउनको वर्तमान परिस्थितीमा विगतमा जस्तै भौतिक रुपमा हाइ कमिसनमा  उपस्थित भएर…

Read More

एनआरएनए यूकेको कोरोना कोषमा तमु धिं यूकेको १४ सय १ पाउण्ड सहयोग

तमु धिं यूकेले एनआरएनए यूकेको कोरोना राहत कोषमा आर्थिक सहयोग गरेको छ । बेलायतमा कोरोनाबाट प्रभावित नेपालीको सहयोगार्थ एनआरएनए यूकेले सञ्चालन गरेको सहयोग अभियानमा तमु धिंले १४ सय १ पाउण्ड प्रदान गरेको हो । सहयोग चेक शनिबार तमु धिं यूकेका…

Read More
error: Content is protected !!
Back To Top