skip to Main Content
एनआरएनलाई खुसी खवर : रहने भो अध्यागमन विभागमा छुट्टै ‘एनआरएन डेस्क’

लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएन ) यूकेको विशेष पहलमा अब अध्यागमन विभागमा छुट्टै ‘एनआरएन डेस्क’ खडा गरिने भएको छ । एनआरएन यूकेले आयोजना गरेको अध्यागमनका उच्च अधिकारीसँगको छलफलपछि नेपालको अध्यागमन विभागमै छुट्टै ‘एनआरएन डेस्क’राख्नको लागि पहल गरिेने बताइएको छ ।नेपालको अध्यागमन विभागका उच्च अधिकारीसँग आयोजना गरिएको अन्तरक्रिर्या कार्यक्रम भब्य रुपमा सम्पन्न गर्दै एनआरएन यूकेले अध्यागमन विभागका उच्च अधिकारीलाई एक ज्ञापनपत्रसमेत पेश गरेको छ । ज्ञापनपत्रमा गैरआवासीय नेपालीले अध्यागमनमा भोग्नुपरेको समस्याका विषयमा उल्लेख गरिएको छ ।

साउथ ह्यारोस्थित गोल्डेनसीप रेस्टुरेन्टमा आयोजित अन्तर्क्रिया कार्यक्रममा अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले नेपालको अध्यगनमलाई विश्वका अन्य देश सरह अपग्रेट गरिन लागिएको बताए । त्यसका लागि काम थालिसकिएको उनको भनाइ छ । उनले भने, ‘अब हामीलाई करिब ८ महिनाको समय दिनुहोस् काठमाडौंमा उत्रिदा फरक पाउनुहुने छ ।’ उनले एनआरएनहरुलाई परेका समस्याको बारेमा समेत आफूहरु मिलेर काम गर्न तयार रहेको प्रतिबद्धता जनाए।

सो अवसरमा एनआरएन युकेका सल्लाहकारसमेत रहेका डेविड गुरुगंले अध्यागममा सुनको विषयमा कुरा राख्दा पौडेलले सुनको विषयमा नसुन्नुस बरु लसुनको कुरा गर्नुस भन्दै आफनो धारणा राखेका थिए ।एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएनको तर्फबाट एनआरएन आइसीसी उपाध्यक्ष कुल आचार्य, एनआरएन यूके उपाध्यक्षद्धय शेर बहादुर सुनुवार र प्रेम गाहा मगर, महासचिव आरे. के त्रिपाठी, उपमहासचिव विनय अधिकारी, आइसीसी सदस्य रामशरण सिम्खडा र कुमारी गुरुङ, एनआरएन रोड सेफटी संयोजक थर्क सेन, यूके सुल्लाहकार शिवजी श्रेष्ठ, डेविड गुरुङ, कृष्ण तिमिल्सिना, कमल पौडेल र देव गुरुङ लगायतको सहभागिता थियो । साथमा पत्रकारहरु नवीन पोखरेल, शिव भण्डारी र बाचस्पति रेग्मी सहभागि थिए । कार्यक्रमम विभिन्न ब्यक्तीहरुले भोग्नुपरिरहेको र झेल्नुपरिहेको समस्याका विषयमा आ-आफना धारणा राखेका थिए ।सो अवसरमा बोल्दै आइसिसी उपाध्यक्ष कुल आचार्यले अध्यागमन विभागमा धेरै सुधार आएको धारणा राखे । साथै उपाध्यक्ष आचार्यले एनआरएनका समस्यालाई पहिचान गरेर समाधानमा विशेष पहल गरिदिनसमेत आग्रह गरे । आइसिसी सदस्य रामशरण सिम्खडाले अध्यागमनका उच्च अधिकारीसँग गैरआवासीय नेपालीहरुले सँगै बसेर गुनासो राख्न पाउनु निकै खुसीको कुरा भएको बताए । एनआरएन यूके सल्लाहकार शिवजी श्रेष्ठले अध्यागमनमा एनआरएन डेस्क राख्न सकिए त्यसले धेरै गैरआवासीय नेपालीको समस्या सम्बोधन गर्ने बताए ।

एनआरएन यूके अध्यक्ष योगकुमार फगामीले अध्यागमन विभागका उच्च अधिकारीसँग गैरआवासीय नेपालीले भोग्नुपरिरहेका समस्या राख्न पाउँदा खुसी लागेको बताउँदै कार्यक्रम निकै महत्वपूर्ण र अहिलेसम्मकै उपलब्धीमूलक भएको धारणा राख्नुभयो ।

अध्यागमन विभागमा एनआरएन डेस्क राख्दा सकारात्मक सन्देश प्रवाह हुने बताए । एनआरएन यूके महासचिव आरेक त्रिपाठीले कार्यक्रम सञ्चालन गर्दै गैरआवासीय नेपाली संघ यूकेको पहलमा गरिएको अन्तरक्रिर्या कार्यक्रम निकै फलदायी र उपलब्धीमूलक भएकाले यसले सबैलाई राहत मिल्ने बताए । महासचिव त्रिपाठीले अध्यागमनमा खडा गरिने एनआरएन डेस्कले सबैलाई सुविधा प्रदान गर्ने भएकाले छिट्टै सञ्चालनमा आउने विश्वास ब्यक्त गरे ।

एनआरएन यूकेका उपमहासचिव विनय अधिकारीले स्वागत मन्तब्य राक्दै बेलायतमा एक लाख पचासहजार बढी नेपाली बसोबास गरिएको अनुमान गरिए पनि बेलायती राजदूतावास तथा नेपाल सरकासँग समेत कती नेपाली बेलायतमा बसोबास गर्छन भन्ने यकीन तथ्यांक नभएको भन्दै इमिग्रेसन सिस्टले एक्चुवल डाटा बनाउन सहज हुने भएकाले यो सिस्टम लागू गर्नुपर्ने विचार राख्नुभएको थियो ।

बेलायतको अध्यागमनबारे अध्ययन गर्न विभागका महानिर्देशक ईश्वरराज पौडेलसहित विमानस्थल अध्यागमन प्रमुख राजेश पौडेल, निर्देशक विष्णुहरि उपाध्याय, गृह मन्त्रालयका सहसचिव चुडा न्यौपाने, वरिष्ठ अध्यागमन अधिकृत आनन्द पौडेल, कुलशेखर अर्याल र अध्यागमन अधिकृत मञ्जु शर्मा सम्मिलित टोली बेलायत आएको अवसरमा सो कार्यक्रम आयोजना गरिएको हो ।

error: Content is protected !!
Back To Top