यस अघि एनआरएनए यूकेले आईसीसी र एनसीसी का पूर्व तथा वर्तमान पदाधिकारीको लागि छुट्टयाइएको ६५ प्रतिशत महाधिवेशन प्रतिनिधीको लागि दर्ता आवहान गरेकोमा यो मापदण्डमा नपर्ने व्यक्तिहरुबाट समेत दर्ता फर्म भरेको पाइएकोले यो कोटा अन्तर्गत आईसीसी र एनसीसीमा यस अघि अथवा अहिले काम गरेका व्यक्तिहरु मात्र समावेश हुने भएकोले अन्य व्यक्तिहरुले २५ प्रतिशन अन्तर्गत निर्वाचन समितीको सूचना अनुसार महाधिवेशन प्रतिनिधीको निर्वाचनको लागि दर्ता गर्नु हुन अनुरोध गरिन्छ । आईसीसीले तोके बमोजिम निम्न मापदण्ड भित्र पर्ने व्यक्तिहरु मात्र ६५ अन्तर्गत पर्ने जानकारी गराइन्छ ।
१) अन्तर्राष्ट्रिय समन्वय परिषदका वर्तमान तथा पुर्व संरक्षक , पूर्व पदाधिकारी तथा वर्तमान सल्लाहकारहरु ।
२) राष्ट्रिय समन्वय परिषदका वर्तमान तथा पूर्व अध्यक्षहरु एवं अन्तराष्ट्रिय समन्वय परिषदका पूर्व सदस्यहरु ।
३) अन्तर्राष्ट्रिय समन्वय परिषदको बिध्यमान अनुशासन समिति, विधान व्याख्या समिति र विधान संशोधन सुझाव समिति संयोजक ।
४) राष्ट्रिय समन्वय परिषदका पदाधिकारी एवं पछिल्लो निर्वाचनमा अध्यक्ष पदका उपविजेता ।
५) विधानत गठीत अन्तर्राष्ट्रिय समन्वय परिषदका विद्यामान मानार्थ सदस्यहरु।
६) अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गत गठन भएका विद्यामान समिति तथा कार्यदलका संयोजकहरु र विधान समितिका उपसंयोजक तथा सदस्यहरु ।
७) राष्ट्रिय समन्वय परिषदका सदस्यहरु ।
८) राष्ट्रिय समन्वय परिषदका पूर्व पदाधीकारी तथा सदस्यहरु ।
नोट : तोकिएको मापदण्ड अनुसार दर्ता भएर छनौट भएका प्रतिनिधीहरुले आईसीसीले निर्धारण गरेको प्रतिनिधी शुल्क भुक्तानी गर्नु पर्ने छ । तोकिएको शुल्क भुक्तानी नभएमा मान्य हुने छैन । समान प्राथमिकतामा परेका निवेदकबाट प्रतिनिधि छनोट गर्न पर्ने अवस्थामा लामॊ अवधी सम्म संघको पदाधिकारी वा पंजीकृत सदस्यता रहेकोलाई प्राथमिकता दिईनेछ ।
थप जानकारीको लागी राष्ट्रिय महाधिवेशन संचालन सम्बन्धि नियमावली हेर्न सक्नु हुनेछ ।https://drive.google.com/…/1Ua…/view
एनआरएनए यूके निर्वाचन सम्बन्धि सुचना एनआरएनए यूकेको वेबसाइट अन्तर्गत निम्न सेक्सनमा हेर्न सकिने छ । https://nrnauk.org/
एनआरएनए यूके