skip to Main Content
एनआरएनए युकेबाट कर्णाली प्रदेशलाई दुई थान अक्सिजन मेसिन सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले कर्णाली प्रदेश सरकारलाई दुई थान अक्सिजन कन्सट्रेट मेसिन हस्तान्तरण गरेको छ ।

कोरोनाको कहरमा एनआरएनए युकेले सातै प्रदेशलाई अक्सिजन मेसिन हस्तान्तरण गर्ने कार्यक्रम अन्तर्गत मंगलबार कर्णाली प्रदेश सरकारलाई मेसिन हस्तान्तरण गरिएको हो ।

एनआरएए युकेको तर्फबाट नागरिकखबर डटकमका प्रधानसम्पादक डण्ड गुरुङले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका राजनीतिक सल्लाहकार भिमप्रकाश शर्मालाई सो मेसिन हस्तान्तरण गरेका हुन् ।

कोरोनाको कहर र बाढी पहिरोका कारण प्रदेश–प्रदेशमा मेसिन पुर्याउन नसकिरहेको बेला एनआरएएन युकेका प्रमुख संरक्षक मे.(रि) डमर घले र अध्यक्ष पुनम गुरुको आग्रहमा नागरिकखबर डटकमका प्रधानसम्पादक गुरुङले समन्वय गरी मेसिन हस्तान्तरण गरेका हुन् ।

दुई थान अक्सिजन मेसिन बुझ्दै कर्णाली प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार शर्माले कोरोनाको महामारीमा एनआरएनए युकेको तर्फबाट अक्सिजन मेसिन सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । आगामी दिनमा पनि सहयोग आदानप्रदान भइरहने विश्वास व्यक्त गरे ।

यसअघि गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई एनआरएनए युकेका प्रमुख संरक्षक घलेले दुई थान मेसिन हस्तान्तरण गरिसकेका छन् ।

अन्य प्रदेशमा समन्वय मेसिन हस्तान्तरणका लागि आवश्यक समन्वय भइरहेको छ ।

error: Content is protected !!
Back To Top