skip to Main Content
प्रधानमन्त्री बोरिस जोनसनको चिठी

 

 

10 DOWNING STREET

LONDON SW1A 2AA

 

THE PRIME MINISTER

म तपाईलाई कोरोनाभाइरससँग लड्नका लागि हामीले चालिरहेका कदमहरूका बारे अध्यावधिक जानकारी गराउनका लागि यो चिठी लेखिरहको छु ।

विगत केही हप्तामै, हाम्रो देशको दैनिक जनजीवनमा नाटकीय रूपमा परिवर्तन आएको छ । हामी सबैले कोरोनाभाइरसको प्रभाव केवल आफुमा मात्र नभई, हाम्रा प्रियजनहरूमा र हाम्रै समुदायहरूमा समेत गहिरोरुपमा महसुस गरीरहेका छौ ।

म यस विषम परिस्थितीका कारण तपाईको जीवन, व्यवसाय र रोजगारीमा पर्न गएको समस्यालाई पूर्णरूपमा बुझेको छु । तर एउटा विशेष कारणले गर्दा, हामीले जुन कदम चालेका छौ, त्यो एकदमै जरुरी भएको छ ।

यदि एकै पटकमा धेरै व्यक्तिहरु गम्भीर बिरामी भएमा, एनएचएस (राष्ट्रिय स्वास्थ्य सेवा) त्यसको सामना गर्न (ति विरामीहरुको उपचार गर्न) असमर्थ हुनेछ । फलस्वरुप मानिसहरुको जीवन समेत जान सक्छ । अतः सकेसम्म धेरै व्यक्तिको ज्यान बचाउनका लागि अस्पतालको उपचार चाहिने व्यक्तिको संख्या कम गराउन हामीले रोगको विस्तारलाई सुस्त बनाउनै पर्नेछ ।

त्यसै कारणले हामीले तपाईलाई अनिवार्य रुपमा घरमै बस्नुहोस भनेर यो एउटा सामान्य निर्देशन दिइरहेका छौं ।

तपाईले तपाईका आफन्त र साथीभाईहरु जो तपाईसंग एकाघरमा बस्दैनन् तिनीहरुलाई पटक्कै भेट्नु हुँदैन । तपाईं केवल केही सीमित र अत्याबस्यक कामका लागि मात्र आफ्नो घर बाहिर जान सक्नुहुन्छ । जस्तै खाना र औषधि किन्न, दिनको एक पटक मात्र शारिरीक व्यायाम गर्न र स्वास्थ्य उपचारका लागि स्वास्थ्यकर्मिलाई भेट्न मात्र घरबाहिर जान सकिनेछ । तपाईं आफ्नो काममा जानै पर्ने भएमा मात्र यात्रा गर्न सकिनेछ, तर सकभर सबै काम घरबाटै गर्नु पर्नेर्छ ।

तपाईलाई घर बाहिर जानै पर्ने अवस्था आएमा, आफनो एकाघरमा बस्ने मानिसहरु बाहेक अन्य जो कोही संग पनि कम्तिमा दुई मिटर जति टाढै रहनु पर्नेछ ।

यी नियमहरूको सबैले अनिवार्य रुपमा पालना गर्नुे पर्नेछ । यदि यी नियमहरुको पालना नगरेको वा उलङ्गन गरेको पाईएमा, नियमहरुको पालना नगर्ने व्यक्तिलाई प्रहरीले जरिवाना तिराउने छ भने भेला अथवा भेटघाटलाई पनि छिन्नभिन्न पार्नेछ ।

मलाई थाहा छ तपाईं मध्ये धेरै जना तपाईं र तपाईंको परिवारमा पर्न सक्ने आर्थिक असरको बारेमा गहिरो चिन्तामा पर्नु भएको छ । तर सरकारले तपाईको भान्सामा खानेकुराको बन्दोवस्त गर्न तथा तपाईका अन्य अत्याबस्यक कुराहरु पुरा गर्न जे सहयोग गर्नु पर्छ त्यो गर्न कुनै कसर बाँकी राख्ने छैन ।

यो चिठ्ठी संगै एउटा छुट्टै पर्चा पनि संलग्न छ जस्मा तपाईलाई अत्याबस्यक जानकारी, उपलब्ध सहयोग तथा तपाइले पालना गर्नु पर्ने आवश्यक नियमहरूको बारेका बृस्तित रुपमा उल्लेख गरिएको छ । यस बाहेक नयख।गपरअयचयलबखष्चगक मा पनि कोरोनाभाइरसको बारेमा सल्लाह सुझाबहरु पाउन सकिन्छ ।

हामीले सुरूदेखि नै ठिक समयमा उपयुक्त उपायहरू अपनाउन  खोजेका छौ । यदि वैज्ञानिकहरु तथा चिकित्सकहरुले सल्लाह दिएमा हामीले थप कडा उपायहरु अपनाउन पनि हिचकिचाउँने छैनौं ।

हामीलाई के थाहा छ भने, यो अवस्थामा केही सुधार आउनु भन्दा पहिले अत्यन्त खराब हुदै जानेछ । जुन कुरा इमान्दारिताका साथ तपाई माझ राख्नु मेरा लागि अत्यन्तै महत्वपुर्ण विषय हो । तर हामीले परिस्थितीको सामना गर्न धेरै राम्रो तयारी गरिरहेका छौं । हामी सबैले जति कडाइका साथ नियमहरूको पालना गर्दछौं उति कम मानिसहरुले जीवन गुमाउने छन् भने उत्तिकै छिटो जनजीवन पनि सामान्य रुपमा फर्किने छ ।

म यो भाइरसलाई हराउन अहोरात्र खटिने सबैलाई धेरै धन्यवाद दिन चाहन्छु । खास गरी इग्ल्याण्ड, स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्ड भरका हाम्रो शानदार (राष्ट्रिय स्वास्थ्य सेवा) एनएचएस र केयर क्षेत्रमा कार्यरत कर्मचारीहरू, डाक्टरहरू, नर्सहरू र अन्य केयर कर्ताहरूलाई विशेष धन्यवाद दिन चाहान्छु । यतिवेला समयको आवश्यकता अनुरुप डाक्टरहरू, नर्सहरू र अन्य केयर कर्ताहरूको भव्य सहयोग साँच्चिकै प्रेरणादायी भएको छ ।

अवकास लिएका हजारौं डाक्टर र नर्सहरू (राष्ट्रिय स्वास्थ्य सेवा) एनएचएसमा फर्किएका छन् । लाखौं नागरिकहरु सबैभन्दा समस्या परेकाहरुलाई सहयोग गर्न स्वयंसेवा गरिरहेका छन् ।  हामीले कोरोनाभाइरसलाई हराउनेछौं र हामी यसलाई एकसाथ भएर हराउनेछौं । यो नै बेलायतको महान आत्मोत्साह हो ।

यसैले राष्ट्रिय आपतकालको यस घडीमा म तपाईंलाई आग्रह गर्दछु की, कृपया घरमै बस्नुहोस, (राष्ट्रिय स्वास्थ्य सेवा) एनएचएसलाई जोगाउनुहोस् र जीवन रक्षा गर्नुहोस् ।

बोरिस जोनसन

 

नोटः यो बेलायतमा बसोबास गर्ने नेपाली भाषीहरुमा कोरोनाभाईरस सम्बन्धि जनचेताना अभिबृद्धी गर्ने उदेश्यले, गैर आवासीय नेपाली संघ युकेले गरेको बेलायतका प्रधान मन्त्री बोरिस जोनसनको चिठीको (Unofficial Nepali Translation) नेपाली भावानुवाद  मात्र हो ।

error: Content is protected !!
Back To Top