skip to Main Content
एन आर एन यूके आकस्मिक बैठकका निर्णयहरु

२१ मार्च २०२०
गैर आवासीय नेपाली संघ बेलायतको आकस्मिक बैठक विधुतीय मध्यमबाट अध्यक्ष पुनम गुरुङको अध्यक्षता सम्पन्न भएको छ । कोरोना भाइरसको संक्रमणले निम्त्याएको विषम परिस्थितीमा कसरी अगाडी बढने भन्ने एजेन्डामा एन आर एन यूकेका २० जना पदाधिकारी तथा दुई जना आमन्त्रित व्यक्तित्व सहभागी भएर ४ घण्टा भन्दा बढी चलेको बैठकले निम्न निर्णयहरु गरेको छ ।
१. कोरोनाको महामारीको बेलामा जनस्वास्थ्यको लागी अहोरात्र खटेर काम गर्ने समग्र स्वास्थ्यकर्मी एबं विशेषत नेपाली समुदायका डाक्टर नर्स लगायतका स्वास्थ्यकर्मीहरुलाई आफ्नो कार्यव्यस्तताको बावजुत हाम्रो समुदायको लागी पुर्याएको अतिरिक्त योगदानको लागी विशेष धन्यवाद ज्ञापन गर्दछौ । आजको बैठकमा उपस्थित भएर आफ्नो सल्लाह सुझाव प्रदान गर्नु हुने पब्लिक हेल्थ विशेषज्ञ डा. पदम सिंखडा तथा नेपाली डक्टर्स एसोसियसनका डा.कमल अर्याल लाई बिशेष धन्यावाद्द ज्ञापन गर्दछौ ।
२.बेलायतका नेपालीहरुलाई परेका समस्यामा सल्लाह तथा सुझाव प्रदान गर्नको लागी क्विक रेस्पोन्स यूनिट खडा गर्दै सचिवालय अन्तर्गत हेल्प लाईन स्थापना गर्ने निर्णय भयो । कोरोना हेल्प लाईनको नेतृत्व एन आर एन यूकेका सचिव कोशलेश्वर (कृष्ण) ढकालले गर्नु हुनेछ । हेल्प लाईन भोलिका मिती देखीनै सक्रिय हुनेछ । वर्तमानमा हेल्प लाईनको नम्बर यो ०७७९५०८६६७४ रहने छ ।
३.कोरोनाको कारण देखा परेको वा पर्न सक्ने समस्याको स्वास्थ्यगत पक्ष र सामाजिक पक्षलाई सम्बोधन गर्न छुट्टाछुट्टै विभागहरु सक्रिय बनाउने निर्णय भयो । स्वास्थ्य सेवा अन्तर्गत डा. सुनिल शाहको संयोजनमा प्रो. पदम सिंखडा (पब्लिक हेल्थ ), डा. कमल अर्याल (नेपाली डाक्टर्स एसोसिएसन, यूके ) विनोद विकास सिंखडा ( नर्सिंग एसोसियसन ), र कार्यसमितीबाट एन आरएन यूके महिला संयोजक तथा स्वास्थ्यकर्मी प्रसुना कंडेल लाई जिम्मेवारी दिने निर्णय भयो ।
४ त्यस्तै सामाजिक समस्या सम्बोधन गर्नको लागी एन आर एन यूकेका उपाध्यक्षहरुको टोलीलाई जिम्मेवारी दिने निर्णय भयो । जस अन्तर्गत भूपू गोर्खा हरुको लागी उपाध्यक्ष प्रेम गाहा मगर र नारायण कंडेल, विद्यार्थी सहयोगको लागी सुनिलबाबु खड्का र रोजिना प्रधान राई, यूकेका ४ वटै राज्य समन्वय परिषद संग समन्वयात्मक परिचालनको लागी उपाध्यक्ष मोहन कार्की र रामचन्द्र पोख्रेल लाई जिम्मेवारी दिने निर्णय भयो ।
४. यूकेका सबै राज्यको समग्र संयोजनको लागी राज्य परिषदका अध्यक्ष हरु दिपक श्रेष्ठ (इंगल्याण्ड ), छविलाल अर्याल (स्कटल्याण्ड ), नारायण कुँवर ( आयरल्याण्ड ), र कृष्ण भण्डारी ( वेल्स )लाई जिम्मेवारी दिने निर्णय भयो ।
५ . कोरोना भाइरसद्वारा सृजित समस्याको सम्बोधन गर्न गठित विभागको कार्यदिशा तय गर्न तथा नीतिगत रुपमा यसको दिशानिर्देश गर्नको लागी अध्यक्ष पूनम गुरुङ, महासचिव फडिन्द्र भट्टराई र डा. सुनिल शाह सम्मिलित एक स्टेरिंग समिती बनाउने निर्णय भयो ।

६. गठन गरिएका समितीहरुलाई विस्तार गर्ने र सम्पूर्ण कार्यसमितीका सदस्यहरुलाई जिम्मेवारी तोक्दै क्षेत्रगत एबं समुहगत रुपमा सबै शक्तिलाई परिचालन गर्ने तथा एन आर एन का अभियान्ता,सल्लाहकार तथा सामाजिक संघ संस्था तथा व्यक्तिहरुलाई विस्तारित समितीहरुमा जोड्दै यूके ब्यापी रुपमा सहयोग उत्रन आवहान गर्ने निर्णय भयो ।
७. लन्डन स्थित नेपाली दुतावास संग आवश्यक परामर्श गर्दै दुतावास संगको सहकार्यमा गर्न सकिने सबै उपायहरुलाई अवलम्बन गर्ने निर्णय भयो । त्यस्तै नेपाली समुदायको हितमा बेलायत सरकारका स्थानीय निकाय तथा स्वास्थ्य निकायहरु संग आवश्यक संवाद र सहकार्य गर्ने निर्णय भयो ।
८. नेपाली डाक्टर्स एसोसियसन, नर्सिंग एसोसियसन लगायतका संस्थाहरु संग आपसी सहकार्यमा समुदायको हितको लागी काम गर्न उत्प्रेरित गर्ने निर्णय भयो ।
९. नेपाली समुदायमा सचेतना फैलाउनको लागी एन आर एन यूके मेडिया विभागलाई विशेष भूमिका निर्वाहको जिम्मेवारी दिने निर्णय भयो ।
१०. बेलायतमा क्रियाशील सबै नेपाली संघ संस्थाहरुलाई आ आफ्नो ठाउँ बाट सक्रिय हुन् आवहान गर्दै व्यक्तिगत तथा संस्थागत समन्वयमा एन आर एन यूकेको यो अभियानमा सहयोगको अपिल गर्ने निर्णय भयो ।
११ एन आर एन यूके आवद्द सबै सदस्यहरु तथा सम्पूर्ण गैर आवासीय नेपाली दाजुभाई बहिनीहरुमा वर्तमान विषम परिस्थितीमा सावधानीका सबै उपाय अवलम्बन गर्दै आफु पनि सुरक्षित रहन र अरुलाई पनि सघाउन एन आर एन यूकेको यो बैठक अनुरोध गर्दछ ।
एन आर एन यूकेका पधाधिकारीको अर्को बैठक भोलि आइतवार पुन बस्नेछ ।
धन्यवाद
फडिन्द्र भट्टाराई
महासचिव, एन आर एन यूके

error: Content is protected !!
Back To Top