skip to Main Content

NRNAUK Delegate

गैर आवासीय नेपाली संघ बेलायतको काठमाडौ बिश्व सम्मेलनको लागी प्रतिनिधि छनौट गरिएको सुचना ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टोवर १५ देखी १७ सम्म हुने विश्व सम्मेलनको तयारी तिब्र रुपमा भैरहेको सर्वविधितनै छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्देशन अनुरुप सो सम्मेलनमा भाग लिन जान चाहाने गैरआवासीय नेपाली संघ वेलायतका प्रतिनिधीहरु निम्मानुसार चयन गरिएको जानकारी गराइन्छ । एनआरएनए युकेको बैठक तथा पदाधिकारी बिचको छलफल पछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तोकेको मापदण्डलाई पूर्णरुपमा पालना गर्दै प्रतिनिधी चयन गरिएको छ । मापदण्ड अनुरुपको प्रार्थमिकता छनौटमा परेका प्रतिनिधिहरुको एन आर एन संगको आवद्दतालाई गहिरो र तथ्यगत खोजबिन गर्दै उनीहरुको पदभार लाई समेत सुचिकृत गरिएको छ । प्रतिनिधी छनौट यथासक्य न्यायसंगत ढंगले गर्दागर्दै पनि यसपालिको अधिक आवेदनहरु बाट सबै ईच्छुकहरुलाई समावेश गर्न सकिएको छैन । तथापि छनौटमा नपरेका आवेदकहरुले मताधिकार बाहेक तोकिएको शुल्क बुझाएर सम्मेलनमा भाग लिन भने सकिने जानकारी गराईन्छ ।

गैरआवासीय नेपाली संघ युकेमा गतवर्षहरु भन्दा धेरै सदस्य रहेकाले विश्व सम्मेलनमा प्रतिनिधी हुन चाहना राख्नेहरुको संख्या ४ सय भन्दा बढी रहेको थियो तर संघको मापदण्ड अनुसार तोकिएको संख्या (बैकल्पिक सहित ) मात्र प्रतिनिधीमा समावेश गर्न सकिएको छ । प्रतिनिधीहरुले विश्व सम्मेलनमा भाग लिनु पूर्व २०० डलर बराबरको शुल्क काठमाडौंमै भुक्तानी गर्न सक्नेछन ।

प्रतिनिधी चयन सम्वन्धमा चित्त नबुझेमा वा केन्द्रीय मापदण्ड विपरीत भएको लागेमा तलको इमेल ठेगानामा जानकारी दिनु हुन हार्दिक अनुरोध गर्दछु ।

फडिन्द्र भट्टराई
महासचिव, गैरआवासीय नेपाली संघ युके
Email: info.nccuk@nrna.org

Back To Top