skip to Main Content
एनआरएनए यूकेद्वारा विभिन्न उपसमिति गठन

अल्डरसट । एनआरएनए युकेको नियमित बैठकले विविध बिषयमा छलफल गर्दै विभिन्न उपसमितिहरु गठन गरेको छ । बैठकले अनुशासन उपसमितिको संयोजकमा एनआरएनए युकेका प्रमुख संरक्षक मेजर डमर घले एमबिई, संरक्षक सूर्य गुरुङको संयोजकत्वमा लेखा परीक्षण, आईसीसी उपाध्यक्ष तथा संरक्षक कुल आचार्यको संयोजकत्वमा सुझाव संकलन, संरक्षक योगेन क्षेत्रीको संयोजकत्वमा विधान, संरक्षक महेन्द्र कंडेलको संयोजकत्वमा युके नेपाल फ्रेन्डसीप, संरक्षक मुछेत्र गुरुङको संयोजकत्वमा नेपाल हाउस परियोजना र अध्यक्ष योगकुमार फगामीको संयोजकत्वमा ‘एक राज्य एक परोपकारी कार्य’ अभियान लगायत उपसमितिहरु गठन गरेको छ । अल्डरसटस्थित भेटघाट रेष्टुरेण्टमा गत आइतबार २० जनवरीका दिन बसेको बैठकले विभिन्न उपसमिति गठन सँगसँगै निर्णयहरु गरेको हो ।

बैठकले अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार वितरणबारे अध्यक्ष योग कुमार फगामीको संयोजकत्वमा आईसीसी सदस्य रामशरण सिमखडा, एनआरएनए युकेका महासचिव राजकुमार त्रिपाठी, प्रवक्ता रमेश सराङ्गकोटी, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गी र महासचिव संजय भक्त कंडेल सदस्य रहेको कमिटी गठन गरेको छ ।

त्यस्तै, यसअघि छोटो समयमा सगरमाथा लगायत विभिन्न उच्च हिमालको आरोहण गरेर विश्व किर्तिमान राख्न सफल ब्रिटिश गोर्खा सैनिक निर्मल पुर्जाले सगरमाथा आसपासमा रहेका आठ हजार मिटरभन्दा बढी उचाईका १४ वटा हिमालको गर्न लागेको आरोहण अभियानलाई एनआरएनए युकेले आवश्यक सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकले उपाध्यक्ष सुशिला राईको संयोजकत्वमा आपतकालिन कोष संकलन गर्नका लागि समिति गठन गरेको छ । त्यस्तै, रुद्र बहादुर थापाको अध्यक्षतामा एनआरएनए युके केन्ट काउन्टी गठन गरेको छ । त्यस्तै, आउँदो माघ १७ आइतबारका दिन अल्डरसटस्थित एम्पायर हलमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने निर्णय गरेको छ । साथै, हाल संचालनमा रहेको च्यारिटी कमिशन दर्ता अभियानलाई अघि बढाउने निर्णय समेत गरेको छ । त्यस्तै, एनआरएनए युकेको बार्षिक मुखपत्र प्रकाशन गर्ने निर्णय गरेको छ । र, आउने २२ अप्रिल २०१९ का दिन मिडल्याण्डमा तारानाथ भण्डारीको संयोजकत्वमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकमा एनआरएन यूकेका अध्यक्ष योग कुमार फगामीले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष सचिन श्रेष्ठले आर्थिक प्रतिवेदन, एनआरएनए युके वेल्स राज्य समन्वय परिषदका अध्यक्ष रामचन्द्र पोखरेलले राज्य परिषद्सम्बन्धी प्रतिवेदन, उपाध्यक्ष प्रेम गाहा मगरले भोइस अफ नेपाल कल्चरल प्रोगामसम्बन्धी प्रिजेन्टेशन, सगरमाथा आरोही निर्मल पुर्जाले सगरमाथा लगायत ७ वटा उच्च हिमश्रृंखला आरोहणबारे, प्रवक्ता रमेश सराङ्गकोटीले च्यारिटी कमिशनमा दर्ता तथा एनआरएनए युकेको वार्षिक मुखपत्रबारे, नेपाल पत्रकार महासघका यूकेका अध्यक्ष नरेश खपाङ्गी मगर र आईसिसी सदस्य रामशरण सिमखडाले अन्तर्राष्ट्रिय पत्रकारिका पुरस्कारबारे, सविन्द्र कुमार गुरुङले वेभसाइट, तथ्य संकलन तथा परिचयपत्रबारे, उपाध्यक्ष सुशिला राई तथा सदस्य मनिष खड्काले आपतकालिन कोष संचालनबारे, उपाध्यक्ष शेर बहादुर सुनारले सदस्यता वितरण सम्बन्धमा र उपाध्यक्ष पुनम गुरुङले महिला गतिविधिबारे आ–आप्mनो प्रस्तुती दिएका थिए ।

करीब आठ घण्टासम्म सञ्चालन भएको बैठकमा अध्यक्ष फगामीले नेपाली नागरिकता वितरण, इङ्गल्याण्ड स्टेट काउन्सिल गठन, विभिन्न उपसमिति गठन र नेपाल हाउस प्रोजेक्ट लगायतको बिषयमा बोलेका थिए । बैठकमा एनआरएनए युकेका पूर्वअध्यक्ष योगेन क्षेत्री, कार्यसमितिका पदाधिकारी, सदस्यहरु, आइसिसी सदस्य र सल्लाहकारलगायतको बाक्लो सहभागिता थियो ।

एनआरएन यूके अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा सम्पन्न बैठक महासचिव आरके त्रिपाठीले कार्यक्रम सञ्चालन गरेका थिए । आगामी बैठक आउने मार्च २४ का दिन बस्ने अध्यक्ष योग कुमार फगामीले जानकारी दिए ।

error: Content is protected !!
Back To Top