skip to Main Content
एनआरएको यूरोप सम्मेलनमा १५ विषयमा छलफल गरिने

यूरोप सम्मेलनमा १५ विविध विषयमा छलफल गरिने भएो छ । एनआरएनको यूरोपको ११ औ सम्मेलनमा १५ विषयमा छलफल गरिने भएको हो । सम्मेलनमा एनआरएनका आन्तरिक समस्या, एनआरएन अभियानमा नयाँ पुस्ताका समस्या, यूरोपमा नेपालीको बढ्दो बसाईसराई, यूरोपका एनआरन एनसिसीको गतिविधि, समस्या पहिचान र नयाँ योजना, पर्यटन पबद्र्धन, यूरोपमा नेपालको पर्यटन पबद्र्धन गर्ने उपाय, नेपालमा लगानीको अवसर, यूरोपबाट कम्तिमा एक अर्बको लगानी नेपालमा भित्र्याउने प्रतिबद्धता गरिने भएको छ ।

त्यस्तैगरि, ज्ञान र सिप हस्तान्तरण, एनआएन अभियानमा युवा पुस्ता, यूरोपका विभिन्न देशमा नेपाली भाषा विद्यालय, सबै बालबालीकालाई शिक्षा भन्ने अभियान, अवधारण र समस्या, एनआरएनको विधान ५ देखि ९ सम्मका धारालाई संशोधन तथा परिस्कृत, एनआरएनलाई नेपाली नागरिकताको निरन्तरता, एनआरएन नागरिकता विषयमा छलपल गरिने भएको हो ।

कार्यक्रममा नेपालबाट पराराष्ट मन्त्री प्रदिप ज्ञवाली, पूर्व प्रधानमन्त्री डा. बाबुराम भटराई, लक्जेम्बर्गका सरकारका उच्च पदस्थ ब्यक्तीत्वहरु, नेपालका उच्च पदस्थ ब्यक्तीत्वहरु सहभागि हुनु पनि टुंगो लागेको छ ।  यूरोपको एघारौ युरोपेली क्षेत्रीय बैठक युरोपेली धनी मुलुक लक्जम्बर्गको हिल्टन होटलमा हुँदैछ । सम्मेलनमा युरोपस्थित २७ देशका गैरआवासी नेपाली सहभागि हुने आयोजक समिति संययोजक शिवकुमार बरुवालले जानकारी गराए ।

सम्मेलनमा युरोप क्षेत्रका उपसंयोजकहरु, क्षेत्रीय महिला संयोजक, क्षेत्रीय युवा संयोजक, युरोप क्षेत्रका आईसीसी सदस्यहरु, आयोजक राष्ट्रका अध्यक्ष, महासचिव, लक्जम्बर्ग नजिकका मुलुकका अध्यक्षहरु समेत सहभागि हुनुहुनेछ ।

error: Content is protected !!
Back To Top