गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेले च्यारिटी दर्ता प्रक्रिया सुरु गरेको छ । प्रवक्ता रमेश सराङ्कोटीलाई संयोजक र सचिव तारानाथ भण्डारी लाई सहसंयोजक बनाएर च्यारिटी दर्ता प्रक्रिया सुरु गरिएको छ ।
सराङ्कोटी र भण्डारीले आफूहरुलाई च्यारिटी दर्ताको जिम्मा दिनुभएको भन्दै एनआरएन यूकेका अध्यक्ष योग कुमार फगामी एवं कार्यसमितिप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।
च्यारिटी दर्ता प्रक्रियाको लागि आवश्यक सरसल्लाह र सुझाव आउदो जुलाई ३ तारिखसम्म्म उपल्ब्ध गराउन यूकेबासी एनआरएनलाई अपिल गरिएको छ ।
जुलाई ४ तारिखदेखि च्यारिटी दर्ता प्रक्रिया अगाडि बढाइने बताइएको छ । सम्पर्क इमेल taranat123@yahoo.com