नेपाली खेलाडीहरुले विश्वका जुनसुकै ठाउंमा पुगेर खेल्दा पनि नेपालको प्रतिनिधित्व गर्दै देशको गौरव बढाएका छन्, वक्तव्यमा भनिएको छ । पछिल्ला केहि वर्षमा खेलाडीहरुको अथक मेहनत र समर्थकहरुको साथबाट नेपाली क्रिकेटले ठूलो फड्को मारेको उल्लेख गर्दै अहिले नेपाल क्रिकेटका लागि विश्वमै उत्कृष्ट देशहरुमध्येको एक बन्न सफल भएको वक्तव्यमा उल्लेख छ ।
दुई वर्षअघि लडर््समा नेपालले खेलेको पहिलो खेलमा सहभागिताका लागि बेलायतबासी नेपालीहरुलाई धन्यवाद दिदै पुनः एकपटक जुलाई २९ मा पनि सहभागिताको लागि एनआरएन यूकेले आग्रह गरेको छ ।
जुलाई २९ मा नेपालले नेदरल्याण्ड र एमसिसी क्लबसंग मैत्रीपुर्ण त्रिकोणात्मक क्रिकेट खेल्दैछ ।