अल्डरसट, लण्डन। एनआरएन युके परोपकारी कोषको ३१ मार्च २०१८ मा हुने भनियको परोपकारी कोष कार्यक्रमको हालसम्म भयको प्रगती बारेमा हिजो अल्डरसटमा एनआरएन युके परोपकारी च्यारीटी संयोजक एवम एनआरएन युके उपाध्यछ्य प्रेम बहादुर गाहाले एनआरएन युके पुर्व अध्यछ्य एवम संरछ्यकहरू सुर्य गुरूङ र मुछेत्र गुरूङ एवम एनआरएन युके अध्यछ्य योग कुमार फगामीलाई समारोह हुने इम्पायरहल मै उपस्थीत भै हालसम्म भयका तयारी लेआउट, बक्सीङ हुने रीङ, नाचगान हुने एरीया र सहभागी पाहुनाहरूको बसाइ र मनोरंजन गराइने तरीका बारेमा प्रष्ट पार्नु भयो।
सो अवसरमा धेरै संघसंस्थाहरूले आफ्नो टोलीको लागी टेवल बुक गरीसकेको जानकारी गराउनु भयो। टेवलबुक बुक गराउने संस्थाहरूमा तमुधी युके, क्वीन्स गोर्खा सीग्नल, सहारा युके, मगरसंघ युके , गोरखा ट्रेनीङ वीङ्स ,मीसेस युके, नेपाली ड्राईभीङ एसोसीयसन डिआई टोली , सगरमाथा टाइगाण्डो , क्वीन्स इन्जीनीयर्स , नेपाली युवा समुह युके, बाला बक्सीङ टीम, गोरखा बक्सीङ टीम, नर्सीङ एसोसीयसन युके, किरात राई योयोख्खा , याकथुङ चुमलूङ समाज, गुल्मी समाज युके, मोना युके, पुन समाज युकेले बुक गरी सकेको जानकारी गराउनु भयको छ। अरू संघसंस्थाले टेवल बुक गर्ने भयमा १६ मार्च भीत्रमा गरी सक्न आव्हान पनि गर्नु भयकोछ । यो कार्यक्रमको प्रेषमीट १७ मार्चमा गर्ने कार्यक्रम समेत रहेको बताइयको छ ।
अल्डरसटको इम्पायरहलमा भब्य हुने सो कार्यक्रममा जोनराइडर बिश्व बक्सीङको तेश्रो बरियता र कृष ब्रोक बृटीषमा तेश्रो बरियता र नेपालबाट भीआइपी गेष्ट अनदीप राना प्रोफेसनल किक बक्सर नेपाल आउने कार्यक्रम भयको सो समारोहमा स्वागत भाषण भने मीस युके नेपाल २०११ की सुन्दरी गौमाया गुरूङले स्वागत भाषण गर्ने कार्यक्रम तयार गरीयकोछ। ४ वटा नेपाली गोर्खाली फाइट हुने, १ वटा महीला फाइट र ५ वटा फाइट मीक्स एण्ड मेच फाइट हुने सो कार्यक्रमको तयारी भब्य हुदै रहेको बताइयको थियो ।
उपस्थीत संरक्षक ज्युहरु सुर्य गुरूङ र मुछेन्द्र गुरूङ तथा अध्यक्ष योग कुमार फगामीले कार्यक्रमका लागी आवस्यक पर्ने बिभीन्न बिधामा परामर्स गर्नु भयको थियो।