skip to Main Content
एनआरएन युकेका सल्लाहकारहरुलाई भिलेज होटलमा निमन्त्रणा

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले सल्लाहकार परिषदको पहिलो ऐतिहासिक औपचारिक बैठकमा उपस्थितिको लागि अनुरोध गरेको छ ।

फार्नबोरोस्थित होटल भिलेजमा  १८ फेब्रुअरी आइतबार बिहान ११. ३० बजे देखि कार्यक्रम तय भएको हो । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय समितिका पदाधिकारी, एनआरएनए यूकेका संरक्षक, सल्लाहकार, कार्यसमिति तथा एनआरएनए अभियन्ताबीच एक परिचयात्मक कार्यक्रमका साथै सल्लाहकारहरुलाई औपचारिक सम्मान तथा सल्लाहकारहरुबाट संस्थाको गरिमा उंचो बनाउन सुझाव र सल्लाह लिने कार्यक्रम तय गरिएको छ ।

एनआरएनए यूकेको यस कार्यसमितिले हालसम्म गरेको कार्यक्रमको प्रस्तुति एवं समिक्षा, आगामी दिनमा हुने कार्यक्रमको जानकारी प्रदान गर्नुका साथै सो बैठकमा प्राप्त सल्लाहकारहरुको सुझाव तथा सल्लाहलाई मनन गरि संस्थाको अल्प, मध्य तथा दीर्घकालीन रणनीतिहरु तय गरिने कार्यक्रमको मुख्य उद्देश्य रहेको जनाइएको छ ।

एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीले कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी दिएका छन् । एनआरएन युकेको वतर्मान कार्यसमितिले हालसम्म गरेको कार्यक्रमको प्रस्तुति र समीक्षा पनि उक्त कार्यक्रममा हुनेछ । सल्लाहकारहरुको सुझावलाई लिपिबद्ध गरेर थप कार्यक्रमहरु अघि बढाउने एनआरएन यूकेको तयारी छ ।

भिलेज होटलमा हुने विशेष समारोहमा उपस्थितिको लागि एनआरएन युकेका महासचिव राजकुमार त्रिपाठीले अपिल गरेका छन् ।महासचिब राजकुमार त्रिपाठीले कुनै कारणले पत्र प्राप्त नभएको भए पनि यसैलाई आधार मानेर कार्यक्रममा सहभागि हुन् आग्रह समेत गरेका छन् ।

error: Content is protected !!
Back To Top