skip to Main Content
एनआरएन आईसीसी उपाध्यक्ष कुल आचार्य लगायतका अतिथिलाई नर्दन आयरल्याण्डमा स्वागत

बेलफास्ट (नर्दन आयरल्याण्ड)– गैरआवासीय नेपाली संघ (एनआरएन) आईसीसी उपाध्यक्ष कुल आचार्य नेतृत्वको टोलीलाई आयरल्याण्ड स्वागत गरिएको छ ।

नर्दन आयरल्याण्डका अगुवाहरु नारायण कँडेल, लीलाराम निउरेलगायतले बेलफास्ट विमानस्थलमा स्वागत गरे ।

बेलफास्टमा आइतबार एक कार्यक्रमको आयोजना गरी राज्य समन्वय परिषद गठन गर्न लागिएको छ ।

एनआरएन उपाध्यक्ष आचार्यसहित एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी, उपाध्यक्ष शेर सुनार, पूर्वआईसीसी सदस्य थर्क सेन, सदस्यहरु शिव कँडेल र दयानिधि सापकोटा पनि बेलफास्ट आएका छन् । स्वागतपछि आचार्य र फगामीले नर्दन आयरल्याण्डमा न्यानो स्वागत पाएकोमा खुसी प्रकट गरे ।

एनआरएन यूकेका महासचिव आर के त्रिपाठी नेतृत्वको टोली शनिबार नै बेलफास्टमा आएको थियो । टोलीमा एनआरएन यूकेका उपाध्यक्ष, ललित न्यौपाने महासचिव आरके त्रिपाठी, लगानी विभाग संयोजक गंगा राना, धार्मिक विभाग संयोजक होमनाथ पौडेल, सल्लाहकार नरेन्द्र कँडेल, खेम पौडेल प्रभू न्यौपानेलगायत थिए ।

कार्यक्रममा एनआरएन डेनमार्क र स्वीडेनका पदाधिकारी पनि सहभागी हुने एनआरएन यूकेका महासचिव आरके त्रिपाठीले जानकारी दिए ।

error: Content is protected !!
Back To Top