Notice: Function add_theme_support( 'html5' ) was called incorrectly. You need to pass an array of types. Please see Debugging in WordPress for more information. (This message was added in version 3.6.1.) in /home/u396912771/domains/nrnauk.org/public_html/wp-includes/functions.php on line 5865
एनआरएनए दिवसमा एनआरएन यूकेले गर्यो सल्लाहकारहरु संग अन्तरक्रिया कार्यक्रम NRNAUK skip to Main Content
एनआरएनए दिवसमा एनआरएन यूकेले गर्यो सल्लाहकारहरु संग अन्तरक्रिया कार्यक्रम

एनआरएन डे को अवसरमा गैरआवासीय नेपाली संघ बेलायतले सल्लाहकारहरु संग एक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

एनआरएनए यूकेको नवौं कार्यसमितीले कार्यभार सम्हालेको एक बर्ष पुगेको परिप्रेक्षमा संघको बार्षिक गतिविधीको जानकारी दिने तथा सल्लाहकारहरुको राय सल्लाह र प्रतिक्रिया लिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।

जुम मार्फत भएको छलफलको शुरुवातमा बार्षिक गतिविधीको प्रतिवेदन महासचिव बाट प्रस्तुत गरिएको थियो । त्यसैगरी कोषाध्यक्ष तेजेन्द्र रोका मगरले आफुले कार्यभार ग्रहण गरेपछिको आर्थिक विवरण प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा उपस्थित सल्लाहकारहरुलाई स्वागत गर्दै अध्यक्ष पुनम गुरुङले गत बर्षमा कार्यसमितीले यथाशक्य कार्यसम्पादन गरेको र बाँकी समयमा एनआरएन यूकेका सल्लाहकार, अग्रज अगुवा तथा अभियान्ताको सल्लाह सुझाव अनुसार काम गर्दै जाने बताउनु भयो ।

कार्यक्रममा सहभागी सल्लाहकारहरुले विगत एक वर्षको समयमा कार्यसमितीले  सकारात्मक शुरुआत गरेको र बाँकी दिनमा अझै सुधारोन्मुख कार्यहरु गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो  । झन्डै ५ घण्टा भन्दा बढी चलेको छलफलमा नागरिकता , गोर्खा लगायतका बेलायतवासी नेपालीहरुको चासो र सरोकारका विषयहरुलाई समेटेर अगाडी बढन सुझाव दिईएको थियो ।

कार्यक्रममा बोल्दै सल्लाहकारहरुले कोषाध्यक्षको प्रतिवेदनले यो कार्यसमितीको  आर्थिक पारदर्शितालाई दर्शाएको र विगत कार्यकालको सवालमा उठेका प्रश्नहरुको समाधानको लागि गठित जाँचबुझ समितीको प्रतिवेदन यथाशक्य छिटो सार्वजनिक गर्न सुझाव दिनु भएको थियो । यस सम्बन्धमा मेडियामा देखिएका अभिव्यक्तिहरु प्रति दुख व्यक्त गर्दै सल्लाहकारहरुले संघ भित्रका विमतिहरुलाई संघ भित्रै समाधान गर्न सुझाव दिनु भएको थियो । कार्यक्रममा बोल्दै अधिकांश सल्लाहकारहरुले कतिपय मिडियामा देखिने गरेका एनआरएन सम्वद्द सामाग्रीहरु पूर्वाग्रह प्रेरित भएकोले यसले मेडिया प्रतिको  विश्वनीयतामा ह्रास आएको  भन्दै चिन्ता र चासो व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा विगत कार्यकालको आर्थिक गतिविधीको जाँचबुझ गर्न गठित  समितीका संयोजक तथा सल्लाहकार  एल  एन पाण्डेले समितीले आफ्नो काम शुरु गरिसकेको र यसमा सबैको सहयोगको अपेक्षा गरेको बताउनु भएको थियो ।

कार्यक्रमको अध्यक्षता एनआरएन यूकेकी अध्यक्ष पुनम गुरुङले गर्नु भएको थियो । कार्यक्रममा एनआरएन यूकेका प्रमुख पदाधिकारी सहित केही आईसीसी सदस्यहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा कुल ८२ सहभागिताथियो ।

error: Content is protected !!
Back To Top