skip to Main Content
एनआरएनए यूकेको कोरोना कोषमा तमु धिं यूकेको १४ सय १ पाउण्ड सहयोग

तमु धिं यूकेले एनआरएनए यूकेको कोरोना राहत कोषमा आर्थिक सहयोग गरेको छ ।

बेलायतमा कोरोनाबाट प्रभावित नेपालीको सहयोगार्थ एनआरएनए यूकेले सञ्चालन गरेको सहयोग अभियानमा तमु धिंले १४ सय १ पाउण्ड प्रदान गरेको हो ।

सहयोग चेक शनिबार तमु धिं यूकेका अध्यक्ष नन्दजंग गुरुङले एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङलाई हस्तान्तरण गरे । मिचेटस्थित तमु धिं भवनमा एनआरएनए यूके र तमु धिं यूकेका पदाधिकारीहरुको उपस्थितिमा चेक हस्तान्तरण भएको थियो ।

चेक ग्रहण गर्दै एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले सहयोगका लागि तमु धिं यूकेप्रति आभार प्रकट गरिन् ।

एनआरएनए यूकेले कोरोना महामारीका बेला विभिन्न समस्यामा परेका नेपालीहरुको सहयोगका लागि सक्दो कोशिस गरिरहेको उनले बताइन् । बेलायतस्थित अन्य नेपाली संघसंस्था समेतले एनआरएनएको सहयोग अभियानमा ऐक्यबद्धतासहित साथ दिंदै आएको अध्यक्ष गुरुङले सुनाइन् ।

तमु धिं यूकेका अध्यक्ष नन्दजंग गुरुङले पनि एनआरएनए यूकेको सहयोग अफ्ठेरोमै परेका वास्तविक पीडितहरुसम्म पुगोस् भन्ने आफूहरुको चाहना रहेको बताए ।

महामारीका बेला एनआरएनए यूकेले चलाएको सहयोग अभियान प्रशंसनीय छ भन्दै उनले यसबाट धेरै नेपाली लाभान्वित हुने आशा उनले व्यक्त गरे ।

त्यसअवसरमा एनआरएनए यूकेका उपाध्यक्ष सुनिलबाबु खड्का, कोषाध्यक्ष तेजेन्द्र रोका र कार्यसमिति सदस्यद्धय हेम गुरुङ र धन सार्कीका साथै तमु धिं यूकेका तर्फबाट संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्व अध्यक्ष रामचन्द्र सुर्जे गुरुङ, वर्तमान कार्यसमितिका उपाध्यक्षहरु हितकाजी गुरुङ र जुमकाजी गुरुङ, महासचिव तुलाराम गुरुङ, कोषाध्यक्ष कुमार गुरुङ लगायतको उपस्थिति थियो ।

एनआरएनए यूकेको कोरोना राहत कोषमा हालसम्म २२ हजार पाउण्डभन्दा बढी रकमको सहयोग प्रतिबद्धता आएको छ । बेलायतस्थित दर्जनौं नेपाली संघसंस्थाले समेत कोषमा आर्थिक योगदान गरेका छन् ।

समाचार स्रोत : नेपाली लिंक

error: Content is protected !!
Back To Top