skip to Main Content
३१ मार्च, २०१८ मा एनआरएन यूके च्यारिटी डिनर कार्यक्रममा बक्सिंग शोको  साथ हुने

नेपाल र ब्रिटिश आर्मीमा कुनै बेलाका बक्सर गाहामगरले बक्सिङमा आफ्नो अनुभव भएको र बक्सिङ शो मार्फत संघमा युवाहरु आकर्षित गर्न तथा यस खेललाई बढावा दिन नयां ‘कन्सेप्ट’ ल्याइएको स्पष्ट पारे । उनका अनुसार, च्यारिटी डिनरका अवसरमा अमेचर नेपाली तथा बेलायती खेलाडीहरुले झण्डै दुईघण्टा अवधिमा दश वटा फाइट खेल्नेछन् । स्थानीय युवालाई अवसर दिइ सांस्कृतिक प्रस्तुति समेत रहनेछ । बेलायतमा आयोजकले लामो भाषण र खादा प्रवृत्तिलाई सकेसम्म निरुत्साहित गर्ने सोच अनुसार यसो गरीयको बताएका छन् ।

‘बेलायतमा रहेका विभिन्न संघ संस्थालाई एकजुट गराउन, पुरानो र नयां पुस्ताबीचको अन्तर जेनेरेसन ग्याप हटाउन, गोर्खाहरुलाई प्रत्यक्ष आवद्ध गर्दै नेपाल र बेलायतमा आपतकालिन अवस्थामा सहयोग जुटाउन च्यारिटी गर्न लागेको प्रष्टयाउंदै प्रेम गाहामगरले थपे । व्यक्तिगत भन्दा पनि आम जनमानसमा सहयोग प्रदान गर्ने उद्देश्यसहित आपतकालिन कोष वृद्धि गर्न लागिएको हो । टिकटबाहेक अक्सन, प्रायोजन र सर्भिङ गोर्खा (एमओडी) को सहयोगबाट पनि उल्लेख्य रकम संकलन हुने विश्वास गाहामगरको छ ।
एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले निस्वार्थ र सहयोगी भावनाले च्यारिटी डिनर गर्न लागिएको भन्दै उक्त कार्यक्रममा सहभागी भएर धेरै थोरै सहयोग गर्न सबैमा अपिल गरे । ‘हामी कार्यक्रम सफल बनाउन रातदिन खटिएका छौं’, फगामीले भने, ‘यो व्यक्तिगत स्वार्थ भन्दा पनि सामाजिक सेवाभावले गर्न खोजिएको हो ।’
एनआरएनए यूके महासचिव आर के त्रिपाठीले कार्यक्रम सञ्चालन गर्दै आपतकालिन परोपकारी कोषबारे थप प्रष्ट्याउदै बेलायतमा रहेका नेपाली युवालाई अवसर प्रदान गर्ने उद्देश्य राखिएको बताए ।सो अवसरमा एनआरएनए यूके सामूहिक लगानी विभाग प्रमुख गंगा राना, धर्म विभाग प्रमुख होमनाथ पौडेल लगायतले सहभागिता र सहयोगका लागि नेपाली समुदाय समक्ष आव्हान गरे ।
साथै कार्यक्रममा मिसेस युके नेपाल २०१७ टीम विजेताहरुको समेत विशेष सहभागिता थियो । गत सातामात्र एक सफल च्यारिटी डिनर गरेका मिसेस यूके नेपाल विजेताहरु गिता बस्नेत पाण्डे, प्रिमा भट्टराई, अमृता गिरी गजुरेल, शर्मिला पछाइ थापा, अन्जु श्रेष्ठ, मन्जु शाह र संस्थापक मनिषा डंगोल श्रेष्ठले एनआरएनए यूकेको च्यारिटीमा आफ्नो तर्फबाट उल्लेख्य सहयोग हुने प्रतिवद्धता व्यक्त गरे ।

error: Content is protected !!
Back To Top